काठमाडौँ, १९ चैत । काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले मुलुकमा प्राकृतिक स्रोतसाधनको संरक्षण गर्दै यसको सदुपयोग गर्न सहज नियम बनाउने आवश्यकतामा जोड दिएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनचाहनाबमोजिम सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सबैलाई सक्रिय रहन आग्रह गरे।
अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा असर पार्ने कुनै सन्धि–सम्झौता खारेज गर्नुपर्ने, सिमाना सुरक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, र प्रत्यक्ष कार्यकारी व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए। उनले भदौ २३–२४ का जेनजी आन्दोलनका क्रममा दोषी पक्षको छानबिन र कारबाहीको माग गरे।
साथै, शिक्षालाई उत्पादनसँग जोड्न, बन्द उद्योग पुनः सञ्चालन गर्न, नयाँ उद्योग स्थापना गर्न, र घरबारविहीन नागरिकको व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराए उनले वृद्ध भत्ता, विद्यार्थी सङ्गठन खारेजी लगायतका सरकारी नीतिमा पनि पुनर्विचार आवश्यक रहेको बताए । / file photo




प्रतिक्रिया