काठमाडौं, चैत २० । मध्यपूर्वका देशमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले तीन दिन विशेष उडान सन्चालन गर्ने भएको छ । पछिल्लो एक महिनादेखि जारी द्धन्दका कारण कयौ नेपाली द्धन्द्धग्रस्त मुलुकमै रोकिएपछि सरकारले आजदेखि तीन दिनमा चार वटा विशेष उडान सञ्चालनमा ल्याउन लागेको हो । त्यसका लागि नेपाल वायुसेवा निगमले आज काठमाडौं–दुबई, भोली दुबई–काठमाडौं र पर्सी काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान गर्ने तयारी गरेको छ ।
सरकारको तयारी अनुसार आज काठमाडौंबाट निगमको आरए २२९ कल साइन विमान दुबई जाने भएको छ । उक्त विमानमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ । त्यस्तै उक्त विमान दुबईबाट भोली नेपाल आउने कार्यतालिका रहेको छ । चैत २२ गते काठमाडौंबाट निगमको विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ भने दमामबाट सोही दिन विमान नेपाल आउने कार्यसूची रहेको छ ।




प्रतिक्रिया