काठमाडौं, चैत २० । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञापन जारी गर्दै प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खोलेको हो ।
प्रहरीले इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्र, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको हो ।
दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म र प्राविधिक प्रहरी जवान पदमा भने वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।





प्रतिक्रिया