गृहमन्त्री गुरुङले केएमसी पुगेर लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं, चैत २० । गृहमन्त्री सुधन गुरुङले अस्पतालमा उपचाररत जनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री गुरुङले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सो क्रममा गृहमन्त्री गुरुङले अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा सुनिल शर्मालाई धन्यवाद दिदै अंकमाल गरेका छन् । अस्पताल भित्र पस्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थिए । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले बिहीबार राति विमानस्थल अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् ।