काठमाडौं, चैत २० । बिहीबार बेलुकी अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरुङ राती गृह मन्त्रालयको आफ्नै कार्यकक्षको सोफामै सुतेका छन्। विमानस्थलको निरीक्षण गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जनआन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे बुझेर मध्यरातमा सिंहदरबार पुगेका गृहमन्त्री गुरुङ कार्यालयको सोफामै सुतेका हुन् । उनले मन्त्रालयको सिरक ओढेर सुतेको फोटो आफैं समाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।
फोटोसँगै उनले लेखेका छन्, ’निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ गृहमन्त्री गुरुङको सचिवालयले पनि उनी मन्त्रालयकै सोफामा सुतेको पुष्टि गरेको छ।
पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका मन्त्री गुरुङले स्थलगत अनुगमनका क्रममा सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिएका छन् । उनले सर्वसाधारणलाई विमानस्थलमा अनावश्यक जाँच गरी दुःख नदिन पनि निर्देशन दिएका छन्।




प्रतिक्रिया