प्युठान, २० चैत । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सरूमारानी गाउँपालिका–१ फर्सावाङका ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। उक्त घटनाबारे परेको उजुरीका आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उदयपुर — १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उदयपुरगढी गाउँपालिका–७ हाडेबासका २० वर्षीय बिपु परियारलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ। घटनासम्बन्धी उजुरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
रूपन्देही — १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चन गाउँपालिका–१ का ४२ वर्षीय मन बहादुर थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया