काठमाडौँ, २० चैत । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालको शपथ आइतबार (चैत २२) हुने भएको छ । सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको हो ।
अर्यालले आइतबार अपरान्ह ३ बजे शपथ तय गरिएको जानकारी दिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।




प्रतिक्रिया