काठमाडौं, २० चैत । वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालमा सभापति ऋषि धमलाले गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय गरेका कामहरुको प्रशंसा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले भ्रष्टाचारीलाई कारबाही गर्ने, विकास, सुशासन र डेलिभरीको पक्षमा गृहमन्त्री गुरुङसहित सिंगो सरकारलाई आफूहरुको समर्थन रहने बताएका हुन् ।
सम्पत्ति सुद्धीकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई पक्राउ गरेकोमा पत्रकार धमलाले सरकारको प्रसंशा गरे । विचौलियाहरुकै कारण देश बिग्रिएको बताउँदै धमलाले त्यस्ता तत्वहरु कसैलाई पनि छाड्न नहुने बताए ।
‘गृहमन्त्री सुधन गुरुङले गरेका कामहरुको म खुलेर प्रशंसा गर्छु । हिजो जसरी गृहमन्त्री सुधन गुरुङले दीपक भट्टलाई पक्राउ गर्नुभयो, म उहाँलाई स्याल्युट गर्न चाहन्छु । विचौलियाहरुले देश विगारेका थिए । उहाँको एक्सन भ्रष्टाचारीलाई कारबाही, विकास, सुशासनका कुरामा गृहमन्त्री सुधन गुरुङलाई हाम्रो समर्थन छ,’- पत्रकार धमलाले भने ।




प्रतिक्रिया