काठमाडौं, २० चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले हिजो गल्ती गरेको भएकाले नै नेपाली जनताले आफूहरुलाई चुनावमार्फत दण्डित गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले लोकतन्त्रमा यहाँभन्दा ठूलो सजाय अर्को नहुने बताए ।
‘हिजो गल्ती, कमजोरी गरेको भएर न नेपाली जनताले वैधानिक तवरबाट दण्डित गरे अहिले । यहाँभन्दा ठूलो दण्ड लोकतन्त्रमा के हुन्छ ? यही हो नि लोकतन्त्रको सुन्दरता भनेको । लोकतन्त्रको मुख्य आत्मा भनेको निर्वाचन हो । निर्वाचनमा जनताले पत्याएनन्, पुराना पार्टीहरुलाई मत दिएनन्,’ उनले भने ।
नेता सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान र कानूनको परिपालना गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले सरकारलाई लोकतन्त्रको सर्भिसिङ गर्न सुझाव दिए । File Photo/RN




प्रतिक्रिया