बलात्कार आरोपमा ‘बले’ पक्राउ


काठमाडौं, चैत २१ । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

अमेरिका बस्ने विष्ट थरकी ति युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको भन्दै बिहीबार फेसबुकमार्फत उनले घटना सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक रूपमा लागेको आरोपबारे लम्सालले कुनै प्रस्टीकरण दिएका छैनन् । उनी यसअघि पनि विवादमा परेका थिए । कलाकार प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको, दुःख दिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।