काठमाडौं, चैत्र २१ । नेपाल प्रहरीले काठमाडौंमा गुन्डागर्दीविरुद्ध ‘सेफ्टी अपरेसन’ सुरु गरेको छ । प्रहरीले गत राति गुन्डागर्दीमा संलग्न आरोपमा काठमाडौँका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको हो ।
खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई हाल बुढानीलकण्ठ–३, कपन बस्ने किमजोङ भन्ने सुरेश गुरुङसहित १३ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पुष्टि गरे ।
अन्य पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक नमोबुद्ध–१ घर भई हाल बानेश्वर, बत्तीसपुतली बस्नेसञ्जीव लामा, सिन्धुपाल्चोक मेलम्ची–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका, मनमैजु इन्द्रपुल बस्ने अशोक गिरी, कालीकोट पतला गाउँपालिका घर भएका वकिल बम रहेका छन् ।
त्यस्तै खोटाङको ऐसलुखर्क गाउँपालिका–२ घर भई हाल कपन बस्ने सञ्जीव राई, काभ्रे पाँचखाल(४ घर भएका राजकुमार तामाङ, काभ्रे मण्डनदेउपुर–११ घर भई हाल बुढानीलकण्ठ बस्ने विनोद ठकुरी, काभ्रे चुरीदेउराली–७ घर भएका शेर्पा लामा, खोटाङ केपिलासगढी घर भई हाल बुढानीलकण्ठ बस्ने राहुल राई, नुवाकोट दुप्चेश्वर–४ घर भई हाल बुढानीलकण्ठ– ११ बस्ने समेश तामाङ, नुवाकोट शिवपुरी गापा–५ घर भई हाल बुढानीलकण्ठ–१०, बालुवाखानी बस्ने सुनबहादुर तामाङ, ललितपुर महाङ्कालका महेश महत र काभ्रे मण्डनदेउपुर–१० घर भई हाल बुढानीलकण्ठ–१० बस्ने वीरबहादुर लामा रहेका छन् ।




प्रतिक्रिया