काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। उनले भने, नेपालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता, र पारस्परिक सम्मानको आधारमा आफ्नो विदेश नीति अगाडि बढाइरहेको छ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति सुनाए ।
त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि प्रहरी समुदायसँग मिलेर काम गरिरहेको जानकारी दिए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा खानेपानीको समस्या समाधान गर्न सरकारको सहयोग आवश्यक रहेको बताए।
नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने सुझाब दिइन्।




प्रतिक्रिया