कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने इच्छा छः शेखर कोइराला


काठमाडौं, चैत २१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनाउने आफ्नो इच्छा रहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने रहेको बताएका हुन् ।

नेता कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति जनाए ।