काठमाडौँ, २१ चेत । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गरी नाम दर्ता गर्न सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो, औँठाछाप, र अन्य जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ ।
प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत पनि प्रत्यक्ष नाम दर्ता सम्भव छ। आयोगले मतदाता नामावली अद्यावधिक र नयाँ मतदाता दर्ता दुवै प्रक्रिया सहज बनाउने जनाएको छ।




प्रतिक्रिया