जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ


काठमाडौँ, २१ चैत । काठमाडौं महानगरपालिका-६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते समेत १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५ सय रूपैयाँ, ८ बुक तास र २८ थान कौडा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-४ डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।