काठमाडौं, २१ चैत ।चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय सम्राट केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-३ थापा चोक डेरा गरी बस्ने पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई नियन्त्रित लागूऔषध स्पास्पेन २ हजार ५ सय २० ट्याब्लेट, प्रोमेथाजाइन ३ सय ५० ट्याब्लेट, ट्रामाडोल ९ हजार ५ सय ७० ट्याब्लेट, नाइट्राजेपाम ५ सय ८५ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो २ सय ३० ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ माझी टोल बस्ने ३२ वर्षीय मनराज राई र १९ वर्षीय खगेन्द्र गौतम रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ पिप्रहवा बस्ने ३२ वर्षीय सन्तराम चौहान र डुडुवा गाउँपालिका-४ खालेमसाहा बस्ने ३० वर्षीय भोला लोनिया रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहा समेतबाट खटिएको प्रहरीले भे.४ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीय सुमेर शेष समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-८ अनरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय रोहन बिक र २० वर्षीय उत्तम साउद रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया