स्मित प्रधानको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ


काठमाडौं, चैत २१ । दाङको राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राती प्रधानलाई हत्या गरी वडा नं ४ गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शव फेला परेको थियो ।

मृतक प्रधानको शरीरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । पक्राउ पर्नेमा दाङको बंगलाचुली निवासी वर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका वर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढा रहेका छन् ।

‎‎मृतक प्रधान सँगै गएका सोही ठाउँ निवासी वर्ष १६ का आयुषमान थापा भने घाइते अवस्थामा भेटिएका थिए । घाइते थापा राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचाररत रहेका छन् ।