काठमाडौं, चैत २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले कांग्रेस-कम्युनिष्टलाई उपसभामुख दिन नहुने बताएका छन् ।
उपसभामुखमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीले दाबी गरेको प्रसंगमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भनेका छन्, ‘कांग्रेस-कम्युनिष्टले कमिशन, घुस खाएकै हो, खान बाँकी केही छैन । लाज सरम, घिन, ईमान पचाएकै हो, पचाउन बाँकी केही छैन ।’
कांग्रेस-कम्युनिष्टले पद, अवसर, प्रतिशोध, बदला लिइसकेको र लिन बाँकी केही नरहेको जसपा नेपालका नेता बस्नेतको टिप्पणी रहेको छ । कांग्रेस कम्युनिष्टहरुले जनतालाई झुठा आश्वासन, धोका दिएको र अब दिन बाँकी केही पनि नरहेको समेत टिप्पणी गरेका छन् ।
कांग्रेस-कम्युनिष्टहरु हत्या, षड्यन्त्र, ठगी, भ्रष्टाचारमा संलग्न भएको दाबी गर्दै उनले फेरि तिनैलाई उपसभामुख दिन नहुने बताएका छन् ।




प्रतिक्रिया