दुवै सदनको बैठक बस्दै, पूर्व श्रममन्त्री अर्याल आजदेखि सभामुख


काठमाडौं, चैत २२ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । जसअनुसार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

अर्याल शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । 

त्यस्तै, सवा १२ बजे सिंहदरबारमै बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर हुँदैछ । त्यस्तै, सभाध्यक्षले बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।