काठमाडौं, चैत २२ । भोली हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि आज मनोनयन दर्ता र भोली चैत २३ गते निर्वाचन हुँदैछ । यसअघि उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।
यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि पर्सी चैत २४ गते मंगलबारको मिति तोकिएको छ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने तय भएको छ ।




प्रतिक्रिया