‘बले’लाई अदालतमा उपस्थित गराइँदै, पीडित परिवारले दियो अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी


काठमाडौं, चैत २२ । आफ्नै साथीको छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई आज प्रहरीले अदालत उपस्थित गराउँदैछ । अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमा बलेमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले हिजो शनिबार विहान पक्राउ गरेको थियो ।

गएराती भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा रात विताएका बलेलाई प्रहरीले आज अनुसन्धान गर्नका लागि म्याद थिप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको हो । प्रहरीले बलेमाथि अभद्र व्यवहारको कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ ।

बलेमाथी अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको गत बिहीबार फेसबुकमार्फत जानकारी गराएपछि पीडित परिवारको तर्फबाट प्रहरीकहाँ अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी दायर भएको छ ।