बर्दिबास युथ क्लबद्वारा बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान


काठमाडौँ, २२ चैत । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको २५ लाख बराबरको भएको बताइएको छ ।

अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि २४ लाख ८६ हजारको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।

बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले आज यहाँ आयोजित कार्यक्रम बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब यस अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिए ।