उपसभामुखकाे विषयमा रवि बालेनबीच मतभेद,कुन दलले पाउँला ?


काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच मतभेद भएको छ ।

आइतबार बिहान उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएपनि सहमति भएको छैन । छलफलमा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको बुझिएको छ । तर, सभापति रवि भने राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका छन् । दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको स्रोतले बतायो ।

रास्वपाका उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने छ । त्यसैअनुसार दुई नेताले आजै उपसभामुख बारेमा बसेर टुँगो लगाउने तयारी गरेको छ ।