हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयप्रति हर्कको विमति


काठमाडौं, २२ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति विमति जनाएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

नेता साम्पाङले विद्यालयको पाठ्यभार घटाएर हप्तामा तीन दिनमात्रै किताब पढ्ने र बाँकी ४ दिन उत्पादन, निर्माण र आविष्कारमा लगाउनुपर्ने बताएका छन् । तर, दुई दिन हप्तामा छुट्टी दिन नहुने बताएका छन् ।