सरकारसँग किन रिसाए हर्क?


काठमाडौं, चैत २३ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साम्पाङले सरकारले जनता र संसदलाई छलेर मनोमानी ढंगले ऋण लिन नहुने तर्क गरेका छन् । सरकारले बहुमतको आडमा चार-पाँच जना मन्त्रीहरू मिलेर निर्णय गर्नुभन्दा यस्ता महत्वका विषयहरु सदनबाट अनुमोदन गरिनुपर्ने धारणा अघि सारेका छन् ।

उनले आज फेसबुकमा लेखेका छन् ‘धारामा पानी छैन! खेतमा कुलो छैन , मल बीऊ छैन! अस्पतालमा न्युनतम औषधि छैन! विद्यालय र अस्पताल जाने पुल छैन ! गाउँमा अझै बाटो पुगेको छैन! उत्पादनको उ छैन! तिम्रो डिजिटल नेपाल ? त्यो पनि ऋण लिएर! घोर आपत्ति! घोर विरोध !’