झापा, २३ चैत । भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १८ ग्राम ५ सय मिलिग्राम र नगद ३ लाख २ सय ५० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ बस्ने २७ वर्षीय अन्मोल गजमेर रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, कन्काई नगरपालिका-९ नयाँ देउनियाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने देवुलाल राजबंशी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १६ एम्पुल, फेनारगन १५ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल सहित पर्वत जलजला गाउँपालिका-७ बासखर्क बस्ने १९ वर्षीय कमल परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८३२० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ७० ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-५ बस्ने २२ वर्षीय सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ बस्ने २० वर्षीय सरोज खवास रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपहानगरपालिका-१० चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने २२ वर्षीय हेमन्त शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका २४ वर्षीय अविशेक बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १३ एम्पुल, फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र नगद २१ हजार ७ सय रूपैयाँ सहित नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-७ बस्ने ३१ वर्षीय अशोक लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यायल नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटारबाट अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुवन बजारबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी गाउँपालिका-९ बस्ने ३१ वर्षीय मोहिचन प्रसाद यादव र ४० वर्षीय बैधनाथ प्रसाद यादव रहेका छन् । प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बिआर ०५ वाइ ८५३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया