नेप्से परिसूचक ८३ अंकले बढ्यो


काठमाडौँ, २३ चेत । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर २७६०.०२ विन्दुमा बन्द भएको छ।

अघिल्लो दिन १०० अंकभन्दा बढीले घटेको बजार, पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण देखिएको प्यानिकबीच अर्थमन्त्री स्वर्णिम वाग्लेको पूँजीबजार मैत्री आश्वासनपछि सुधारिएको हो ।

सोमबार नेप्से ८३.३३ अंकले बढ्दा सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः १४.३०, ६.०१ र ५.०३ अंकले उकालो लागेको छ। बजार बढेपनि कारोबार रकम भने घटेर १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँमा सीमित रह्यो। कुल ३४५ कम्पनीका २ करोड ५१ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहँदा हिमालयन रि इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर पनि उच्च कारोबार भएका कम्पनीमा परेका छन्। यस दिन सबै १३ उपसमूहका सूचक बढेका छन्, जसमा जलविद्युत उपसमूह सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ।