देउवाका ज्योतिष रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौं । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा प्यूठानका चर्चित ज्योतिषी सुरेश चन्द्र रिजाल अन्तर्राष्ट्रिय ‘भृगु अवार्ड’बाट सम्मानित भएका छन् । ज्योतिषीय क्षेत्रमा भृगु अवार्डलाई ज्योतिषकै सबैभन्दा उच्चकोटिको प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ। सम्मानित रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका पूर्व महासचिव समेत हुन् ।

उनले ज्योतिष तथा वास्तु क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ । रिजाल नेपाली कांग्रेका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिषको रुपमा परिचित छन् ।

दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ तथा ज्योतिष, वास्तु एवं वैदिक विज्ञान केन्द्रको संयुक्त आयोजनामा विहारको राजधानी पटनामा सार्क राष्ट्रसहित विश्वभरिका विद्वान्, ज्योतिषी तथा वास्तु विशेषज्ञहरूको सहभागिता रहेको थियाृ । उक्त सम्मेलनमा नेपालीको तर्फबाट ८० जना विभिन्ना विधाका ज्योतिष तथा धार्मिक गुरुहरुको सहभागिता भएको विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य अशोक कुमार मिश्रले जानकारी गराए ।

उद्घाटन समारोहका प्रमुख अतिथि भारत सरकारका ग्रामीण तथा शहरी विकास मन्त्री डा. अशोक कुमार चौधरी नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, त्यसैगरी विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका सभापति खिलानाथ काफ्ले, विश्वज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य अशोक कुमार मिश्रलगायतमन विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तीनदिने अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा नौबुँदे घोषणापत्र जारी गर्दै सोमबार समापन भएको छ।