काठमाडौं, चैत २४ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले एक साताका लागि दार्चुलातर्फ लागेका छन् । दुई वर्ष अगाडिको मिति राखेर आगामी एक साता संसद् बैठकमा अनुपस्थित नहुने जानकारी गराएका सासंद राईले एक साता प्रतिनिधिसभा र समितिका बैठकमा उपस्थित हुन नसक्ने जनाएक छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले विशेष कामको कारण देखाउँदै संसद् सचिवालयलाई आफ्नो अनुपस्थितिको जानकारी गराएका हुन् । उनले सभामुखको निजी सचिवालयमा दर्ता गराएको पत्रअनुसार उनी सोमबारको बैठकमा उपस्थित भएनन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ बमोजिम उनले आफ्नो अनुपस्थितिबारे सभामुखलाई पूर्वजानकारी गराएका हुन् । सांसद राईले आफ्नो दल श्रम संस्कृति संसदीय दल, सिंहदरबारलाई पनि यसको बोधार्थ दिएका छन् ।
उनले दर्ता गराएको पत्रमा साल भने दुई वर्ष अगाडि अर्थात् २०८० राखेका छन् । उनले स्वयम् सामाजिक सञ्जालमा सार्वजनिक गरेको छुट्टीको पत्रमा मिति गलत भएको देखिएको हो । उनले उक्त पत्र सार्वजनिक गर्दै मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘धेरै फण्डा नगर्नु । अरु जस्तो होइन म । जय संसद ।’





प्रतिक्रिया