काठमाडौं, चैत २४ । आज राष्ट्रिय सभा अन्तर्गतका चार समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे समितिका सभा कक्षमा बस्ने गरी बोलाइएको बैठकले सभापति चयन गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति भएको बताइएको छ ।




प्रतिक्रिया