काठमाडौं, चैत २४ । परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस जाने भएका छन् । चैत २७ र २८ गते मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल बिहीबार मौरिसस जान लागेका हुन् ।
मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । कार्यक्रममा मन्त्री खनालले भारतीय समकक्षी एस.जयशंकरसँग ‘साइड लाइन’ भेटवार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि सम्बोधन गर्नेछन् । त्यस्तै कम्बोडिया, इजिप्ट, माडागास्कर, साउदी अरेबिया, सिंगापुर, कोम्बो, थाइल्यान्ड, यूकेका अधिकारीहरू पनि सहभागी हुँदैछन् ।




प्रतिक्रिया