काठमाडौँ, २४ चैत । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिएका छन्।
यो बिक्री प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुऱ्याई अघि बढाइएको हो।सूचना प्रकाशित गरिएको मितिले ३५ दिन भित्र इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातहरू सहित केन्द्रीय कार्यालय साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाण्डौंमा निवेदन दिन सक्नेछन्।
विक्रेताले प्रति शेयर न्यूनतम मूल्य रु ७१५ तोकेको छ, र यस मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनुपर्नेछ। कम्पनीको धितोपत्र बजार मूल्यका आधारमा शेयर कारोबार हुनेछ।यदि तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरूको आवेदन प्राप्त नभएमा, प्रचलित नियमानुसार अन्य व्यक्तिहरूलाई शेयर बिक्रीको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
शेयर बिक्री विवरणशेयरधनीको नाम र ठेगाना:१. निरु कुयुमी राई, चुङबाङ ४, धनकुटा – ७४,२४६ कित्ता२. इन्दिरा गिरी, दाउन्नेदेवी ७, नवलपरासी – १०,२९१ कित्ताबिक्री प्रबन्धकनेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलेखनाथमार्ग, ठमेल, काठमाडौंफोन नं. ०१-४५१२७४३, ४५४१७८०वेबसाइट: www.nsmbl.com.np




प्रतिक्रिया