राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त


काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको हो । उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थिए ।