काठमाडौं, २४ चैत । काठमाडौं महानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ किलो ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी घर भएका ३५ वर्षीय अनिल कुमार पासवान र ४५ वर्षीय मोहमद हसन रैन रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-९ स्थित होटल श्रीयन्त्रको १०३ नम्बरको कोठाबाट मोहमदलाई नियन्त्रणमा लिएको तथा अनिल भागी फरार भएकोमा सोही महानगरपालिका-९ स्थित होटल शिवम् प्लाजाको पार्किङबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरी लक्षित प्रहार गरेपश्चात प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घाइते भएका अनिलको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०६ डिएम ७३४६ नम्बरको कार समेत बरामद गरेको छ ।
बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय इस्ट्याक खाँ र ३१ वर्षीय करिम खाँ रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, शहिदभूमि गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय राकेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका-१ सितापुरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र डिकोलिक १ सय ३५ ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय भवेश भण्डारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले मे.७ प १९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ दासपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-६ पूर्वेली टोल बस्ने २२ वर्षीय रन बहादुर खवास समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३७ वर्षीय धन बहादुर राजवंशी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले धन बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-४ कोटहवाबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार १ सय एम्पुल, डाइजेपाम १ हजार १ सय एम्पुल र बुप्रेनोर्फिन १ हजार १ सय एम्पुल सहित सोही गाउँपालिका-२ खुरहुरिया बस्ने १९ वर्षीय बिशाल यादव समेत ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले यूपि ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्राम सहित काभ्रे घर भएका ३३ वर्षीय मनिस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपर महानगरपालिका-१८ शान्तिटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय सुकमान तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, रत्ननगर नगरपालिका-१३ लौरीघोलबाट नियन्त्रित लागूऔषध एनारगन २ सय ४७ ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय सुकबिर स्याङतान समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले ना.६२ प ९४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ ईटौराबाटा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय थीर बहादुर चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया