काठमाडौं, २४ चैत । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पार्टी पुनर्संरचनाका लागि आफूसहित नेतृत्व तयार रहेको बताएका छन् । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर युवा नेतृत्वसँग बादलले संवाद गरेका थिए ।
सो क्रममा बादलले पार्टी पुनर्संरचनाका लागि आफूलगायत नेतृत्व तयार रहेकाले अहिले विशेष महाधिवेशनको माग राखी हस्ताक्षर संकलन नगर्न आग्रह गरेको बताइएको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेको लज्जास्पद हार भएपछि युवा पंक्तिहरुले विशेष महाधिवेशन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माग राख्दै आएका छन् ।
विशेष महाधिवेशन पक्षधरहरुलाई बादलले एमालेभित्रको आन्तरिक विषय पार्टीभित्रै छलफल र समीक्षा गरेर टुंगो लगाउन आफू तयार रहेको पनि बताएका थिए । तर, विशेष महाधिवेशन पक्षधर युवाहरु बादलको आग्रहलाई मान्न तयार नभएको स्रोतले




प्रतिक्रिया