काठमाडौं, चैत २५ । प्रधानमन्त्री बालेन शाहले आज काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार अहिले १२ बजे राजदूतहरूसँग सामूहिक भेटवार्ताको कार्यक्रम राखिएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेनले पहिलो पटक कूटनीतिक भेटघाट गर्न लागेका हुन् । सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।
सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने चलन थियो। तर बालेनले सबैलाई सामुहिक रुपमा भेटेर कूटनीतिक संवाद अघि बढाउने भएका छन् । कूटनीतिक सम्बन्धलाई थप सन्तुलित र व्यवस्थित बनाउन व्यक्तिगत र गोप्य भेटघाटभन्दा सामूहिक र पारदर्शी छलफललाई जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया