काठमाडौँ, २५ चैत । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले शेयर कारोबार सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको अनुसार गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कारोबार दिनहरूमा परिवर्तन गरिएको हो। मन्त्रिपरिषद्ले साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
सोही निर्णयलाई आधार मानेर नेप्से सञ्चालक समितिको बैठकले अब शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा सञ्चालन हुने जनाएको छ । यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको कारोबार अब आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहनेछ।




प्रतिक्रिया