काठमाडौं, २५ चैत । नेपाल बार एशोसिएशनले कानुन व्यवसायीलाई परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्न पाउने साविकको व्यवस्थामा रोक नलगाउन प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा कानुन व्यवसायीलाई प्रवेश गर्न रोक लगाएको छ । नेपाल बार काउन्सिल र नेपाल बार एशोसिएशनबाट जारी परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्दै आएकोमा बुधबारदेखि सरकारले पास लिनुपर्ने व्यवस्था गरेको थियो । सरकारले उक्त व्यवस्था गरेसँगै अब कानुन व्यवसायीले सिंहदरबार प्रवेश गर्न नागरिक एपबाट गेट पास लिनुपर्ने हुन्छ ।
‘विगतमा जस्तै कानुन व्यबसायीको हकमा कानुन व्यावसायीको परिचयपत्रको आधारमा निर्वाध रुपमा सिंहदरबार परिसरभित्र प्रवेशका लागि साविक ब्यबस्था बमोजिम हुन अनुरोध गर्दछौं,´ बार एशोसिएशनले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा भनिएको छ ।





प्रतिक्रिया