काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त बैठक आह्वान गरेका छन् ।
उनले आगामी शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । सरकारले चैत २९ गतेभित्रै संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।
बजेट अधिवेशन बोलाउन ढिलाइ हुने कारण देखाउँदै सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो। अधिवेशन अन्त्यअघि संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका हुन् ।




प्रतिक्रिया