स्वीस बैंकमा जम्मा गरिएको कालो धन नेपाल फिर्ता गराउने गृहकार्यमा मन्त्री गुरुङ, राजदूत मैवलीसँग सहयोगका लागि आग्रह


काठमाडौं, २५ चैत । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्चपदस्थ व्यक्तिले भ्रष्टाचार गरेर पैसा जम्मा गरेको भए नेपाल फिर्ता ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । नेपालका लागि स्वीस राजदूत डेनियल मैवलीलाई गृहमन्त्री गुरुङले अवैध रुपमा आर्जन गरेको पैसा स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

स्वीस राजदूत मैवलीले आज गृहमन्त्रालयमा पुगेर गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट गरेकी थिईन् । भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी थिईन् ।