आज थुनामुक्त हुँदै ओली-लेखक


काठमाडौं, चैत २६ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आज थुनामुक्त हुने भएका छन् ।

जेन्जी आन्दोलन घटना छानबिनका नाममा पक्राउ परेका दुबै जनालाई सर्वोच्च अदालतको आदेशमा आजै छाड्ने तयारी भइरहेको जनाइएको छ । चैत १४ गते पक्राउ परेका ओली र लेखकलाई बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै चैत २६ गते भित्र मुद्दा टुंग्याउन र अब म्याद नथप्न थुनामुक्त गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी नभने पनि विभिन्न चार वटा मुख्य कारण देखाउँदै थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको हो ।