काठमाडौं, चैत २६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सर्वाेच्व अदालतको परमादेश अनुसार प्रहरीले हाजिर जमानामा रिहा गर्ने निर्णय गरेको छ । सरकारी वकिलको सहमतिमा प्रहरीले खोजेको बेला उपस्थित हुने शर्तमा उनीहरूलाई थुनामुक्त गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक १४ चैतमा निवासबाटै पक्राउ परेका थिए । जनजी प्रदर्शनमा प्रहरी गोलीबाट किशोरहरूको मृत्यु भएको घटनाको छानबिनका लागि चैत १४ मा पक्राउ गरिएका उनीहरूलाई चैत २५ पछि हिरासतमुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो । ओलीलाई अस्पतालमा र लेखकलाई सशस्त्र प्रहरी गणमा राखिएको थियो ।




प्रतिक्रिया