सुनचाँदीको मूल्यमा भारी उतारचढाव


काठमाडौं, चैत २६ । बिहीबार नेपाली बजारमा सुनचाँदी मूल्यमा गिरावट आएको छ। आज सुनमा प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिद बिक्री भएको थियो।