काठमाडौँ, २६ चैत । एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत ३० गते र ढिलोमा २०८३ बैशाख १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।
कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले सि–आस्बा प्रणाली वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया