अन्तिम समयमा राप्रपालाई लाई रविको धोका, उपसभामुखमा श्रम संस्कृतिकी ठाकुरलाई रास्वपाको समर्थन


काठमाडौं । भोली हुन लागेको प्रतिनिधि सभा उपसभामुख निर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ ।

उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरले उम्मेदवारी दिएका छन् । श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद अशोककुमार चौधरी समर्थक रहेर उपसभामुख पदमा ठाकुरको उम्मेदवारी परेको छ।

लामाको प्रस्तावकमा राप्रपा सांसद ज्ञानेन्द्र शाही र समर्थकमा राप्रपाकै खुस्बु ओली लगायत छन्। उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चितजस्तै छ । सत्तारुढ दल रास्वपासँग एक्लै झन्डै दुई तिहाइ मत छ ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले राप्रपालाई उपसभामुखमा समर्थन गर्ने बचन दिएका थिए । केही दिनअघि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको थियो । सो भेटमा रास्वपनले राप्रपालाई सहयोग गर्ने तय भएको दाबी गरिएको थियो । तर, अन्तिममा रविले राप्रपालाई धोका दिँदा श्रम संस्कृतिको भागमा उपसभामुख परेको छ ।