उपसभामुखको निर्वाचन आज, रुबीलाई विपक्षी दलको समेत समर्थन


काठमाडौं, चैत २७ । उपसभामुखको निर्वाचन आज हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ । उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुँदैछ ।

ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौला रहेका छन् ।

राप्रपाकी उम्मेदवार लामाको प्रस्तावकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा राप्रपाका सांसद ताहिर अलि भाट, खुस्बु ओली र भारत गिरी रहेका छन् ।

उपसभामुखमा सत्तारुढ दल रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । त्यस्तै श्रम संस्कृतिलाई काँग्रेस, एमाले र नेकपाले पनि समर्थन गरेका छन् । सत्तारुढ दलसहित विपक्षी दलको समर्थन रहेकाले श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित रहेको छ ।