लुम्बिनी प्रदेश सभा बैठक बस्दै


काठमाडौं, चैत २७ । आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दैछ । अहिले बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।