काठमाडौं, २७ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रुवी कुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायतका दललाई धन्यवाद दिएका छन् । ठाकुर आज २२९ मतसहित प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिईन् ।
“हाम्रो उम्मेद्वारलाई उपसभामुख पदमा समर्थन र मतदान गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कंग्रेस, र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्व तथा माननीय सांसदज्यूहरुलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।




प्रतिक्रिया