उद्योग वाणिज्य महासंघको चुनाव वैशाख २१ र २२ गते हुने


काठमाडौं, चैत २८ । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा चुनाव वैशाख २१ र २२ गते हुने भएको छ । महासंघको पदाधिकारी समितिको बैठकले आउँदो वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो । यसअघि भोलि र पर्सि हुने भनिएको चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा चुनाव वैशाख २१ र २२ गते हुने भएको छ ।

महासंघको पदाधिकारी समितिको बैठकले आउँदो वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो । यसैगरी महासंघले आउँदो वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ । यसअघि भोलि र पर्सि हुने भनिएको चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको थियो ।

२२ चैतमा पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहित सातवटा संस्थाले साधारणसभाविरुद्ध मुद्दा दायर गरेको थियो । सोउपर उच्च अदालत पाटनका न्यायाधीश खड्काबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचन नगर्न भनेको थियो ।

अदालतको आदेशपछि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचनका सम्पूर्ण कार्यहरू स्थगित गरेको थियो ।अदालतको आदेशपछि अब कसरी अघि बढ्ने भन्नेबारे शुक्रबार बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ ।