काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने बताएको छ ।
वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच अध्यागमन विभागले एक सूचना जारी गर्दै स्पष्टीकरण दिएको हो ।
विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजात बाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख गरिएको छ ।
विभागका अनुसार गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्नेछ ।
यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ ।
विभागले विदेश जाने नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह समेत गरेको छ ।




प्रतिक्रिया